You are viewing the translated version of पुनरावेदनपत्र दर्ता गर्दा खुलाउनु पर्ने विषय.

Rule 8
पुनरावेदनपत्र दर्ता गर्दा खुलाउनु पर्ने विषय
: (१) नियम ७ बमोजिमको पुनरावेदनमा देहायका विषय खुलाउनु पर्नेछ:-
(क) पुनरावेदकको नाम, थर, ठेगाना, बाबु वा आमाको नाम, सम्पर्क नम्बर र सम्भव भएसम्म इमेल ठेगाना,
(ख) सुरु निर्णय गर्ने निकाय वा प्रतिष्ठानको नाम र निर्णण वा आदेश भएको मिति, (ग) जुन निर्णय वा आदेशमा चित्त नबुझेको हो सो निर्णय गर्ने पदाधिकारीको नाम,
(घ) प्रत्यर्थीको पूरा नाम, सम्पर्क नम्बर र सम्भव भएसम्म इमेल ठेगाना र कुनै व्यक्तिलाई प्रत्यर्थी बनाइएको भए निजको बानु वा: आमाको नाम,
(ङ) मुद्दाको नाम,
(च) निर्णय वां आदेश थाहा पाएको मिति,
(छ) पुनरावेदनको म्याद सम्बन्धी व्यवस्था,
(ज) पुनरावेदन जिकिर, कानूनी व्यवस्था तथा पुनरावेदन जिकिरलाई पुष्टि गर्ने प्रमाण,
(झ)/ अदालतको अधिकार क्षेत्र सम्बन्धी विषय ।
(२) उपनियम (१) बमोजिम पुनरावेदन दर्ता गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ:-
(क) निर्णण वा अन्तिम आदेशको प्रतिलिपि,
(ख) पुनरावेदकको नागरिकता वा परिचयपत्र,
(ग) वारेस मार्फत दिइने पुनरावेदनमा रीतपूर्वकको वारेसनामा, (घ) कुनै सङ्गठित संस्थाको तर्फबाट पुनरावेदन गर्न आएको भए सञ्चालक समितिले अख्तियारी दिएको निर्णय र पत्र।